Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले महाधिवेशन : लम्बियो निर्वाचन प्रक्रिया

एमाले महाधिवेशन : लम्बियो निर्वाचन प्रक्रिया

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • ०८:१८:२७ बजे
  • 796
    SHARES
  • एमाले महाधिवेशन : लम्बियो निर्वाचन प्रक्रिया

    नेकपा एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

    images

    चितवनको सौराहामा जारी बन्द सत्रमा अध्यक्ष ओलीले पटक पटक आग्रह गरेपनि रावलले आफू धेरै अघि बढिसकेको भन्दै उम्मेदवारी दिने घोषणा गरेका थिए ।

    निर्वाचन प्रक्रिया आज विहानका लागि स्थगित गरिएपछि डा. भीम रावलले हिजो दर्ता गर्न नपाएको मनोनयन पत्र आज दर्ता गराउँदैछन ।

    मतदान प्रक्रिया आजै विहान ९ बजेबाट सुरु हुँदैछ । यसअघि केपी ओलीले आज बिहान साढे ३ बजे पदाधिकारीको नामावली घोषणा गरेका छन ।

    जसमा भीम रावल र घनश्याम भुसाल अटाउन सकेनन् । ओलीले घोषणा गरेको पदाधिकारीको नामावलीमा अध्यक्ष केपी ओली, वरिस्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुरेन्द्र पाण्डे र सुवास नेम्बाङ छन्।

    सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छनोट भएका छन्।

    ओलीले छनोट गरेका पदाधिकारीलाई हलले पारित गरेको छ। यसअघि ओलीले तीन सय एक जनाको नाम केन्द्रीय कमिटीका लागि सार्वजनिक गरेका थिए।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology