Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले महाधिवेशन : आज अध्यक्ष पदका लागि चुनाव हुँदै

एमाले महाधिवेशन : आज अध्यक्ष पदका लागि चुनाव हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • ०८:२३:१४ बजे
  • 703
    SHARES
  • एमाले महाधिवेशन : आज अध्यक्ष पदका लागि चुनाव हुँदै

    नेकपा एमालेको १० औँ महाधिवेशनमा अन्ततः चुनाव हुने भएको छ । सौराहामा जारी बन्दसत्रमा केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदमा राख्दै सहमतिका लागि नयाँ नेतृत्वको नामावली घोषणा गरेका थिए । 

    images

    उनलाई चुनौती दिइरहेका भीम रावलले असहमति जनाएपछि अन्ततः अध्यक्ष पदका लागि निर्वाचन हुने भएको हो । केन्द्रीय निर्वाचन आयोगले आज बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम शुरु हुने जनाएको छ ।

    आयोगले संशोधनसहितको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि गएराति नै मतदाता नामावली प्रकाशन गरिएको थियो ।

    आज बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ भने ८ बजेदेखि नै ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।

    यसैगरी बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने र १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

    यदि कुनै उम्मेद्वारका विरुद्ध उजुरी परेमा बिहान १०ः५० बजेसम्म उक्त उजुरीउपर छानबिन र निर्णय हुनेछ ।

    त्यसपछि ११ः५५ बजेदेखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ, उक्त समयमा उम्मेद्वारहरुले उम्मेदवारी फिर्ता नलिएमा मध्याह्न १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ ।

    सबै प्रक्रिया पूरा भएपछि राति ९ बजेदेखि बिहानको ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology