Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

"मर्न ढिलो गरेछु"

"मर्न ढिलो गरेछु"

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३२, २०७७ आइतवार • १९:३८:४० बजे
  • 3.5K
    SHARES
  • "मर्न ढिलो गरेछु"

    रोगमा सम्झेनन
    भोकमा सम्झेनन
    आपतम हेरेनन
    बिपदमा हेरेनन
    के खायो के लायो,
    कसरी टार्यो कसरी पुर्यायो
    त्यो पनि देखेनन !!

    एकमुठी प्राण फुस्स जानू मात्र पर्छ,
    टोलभरिका जम्मा हुन्छन,
    गाउँभरिका भेला हुन्छन् 
    मानौं कि ,
    उस्को प्राण पखेरु फिर्ता ल्याउँला जसरी,
    एक हुल आउँछन् तारिफ गर्छन,
    अर्का हुल आउँछन् डाँको छोडेर रुन्छन,
    मानौं कि,
    कुनै मेडल र पदक दिउँला जसरी !!

    मिहेनत र पसिनाले भोको पेट भर्न नसक्दा ,
    नाङ्गो शरीर ढाक्ने कपडा पाएनन् होला,
    कसैले केही भनेन, केही गरेनन !!

    मरेको खबर सुन्नु मात्र पर्छ,
    गाउँलेको ओहिरो लाग्नेछ,
    समाजसेविको पहरा लाग्नेछ,
    कति छिटो आईपुग्छ दुईमिटरको सेतो कपडा ,
    कति छिटो आईपुग्छ बलिया र सोझा दुईटा बाँस,
    कति छिटो आईपुग्छ चढाउने गाईको दूध,
    अनि कति छिटो आईपुग्नेछ,
    जोडले बज्ने बलियो शंख,
    अनि कति छिटो आईपुग्नेछ,
    बलिया नौजवानहरुको ताँती र दाउरा पनि,
    मानौं कि,
    मृत्युमा शोक होईन जश्न मनाउँदैछन !!

    जति सक्यो छिटो घाटमा पुर्याउन हतारो,
    अझ त्यो भन्दा छिटो आगो लगाउन,
    मानौं कि,
    यो समाजको लागि उ घाँडो थियो !!

    लाश आफ्नै तरिकाले जल्थ्यो होला तर कोहि भन्दै थिए अलि छिटो पोल, 
    नत्र ढिला हुन्छ,
    त्यो भुँडीमा घोच त्यो टाउको फुटा त्यो करङ्ग भाँच अनेकानेक,
    आहा,
    मानौं कि,
    कसैलाई उत्सव मनाउँन हतारो थियो !!
    मानौं कि ,
    कसैलाई आफ्नो नाम तमसुकमा लेखाउन हतारो थियो !!

    लाश जल्यो खरानी भयो र आत्मा त्यहीँ भड्किएर सोच्दै थियो,
    पहिल्यै मर्नुपर्ने रहेछ,
    मैले मर्न ढिलो गरेछु !!

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology