Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री बंकरसहितको अत्याधुनिक भवनमा सर्ने

प्रधानमन्त्री बंकरसहितको अत्याधुनिक भवनमा सर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • ०८:२५:३० बजे
  • 577
    SHARES
  • प्रधानमन्त्री बंकरसहितको अत्याधुनिक भवनमा सर्ने

    प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बंकरसहितको अत्याधुनिक सरकारी भवनमा सर्दैछन्।

    images

    उक्त भवन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरभित्र छ। दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको आवास प्रयोजनका लागि उक्त भवन शिलान्यास गरेका थिए।

    विशेष भवन निर्माण आयोजनाका अनुसार यही मंसिर २४ गतेभित्र आयोजनाले उक्त भवन प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण गर्नेछ।

    प्रधानमन्त्रीको सचिवालयले मंसिर २४ गतेसम्म भवन हस्तान्तरण गर्न निर्देशन दिएको आयोजना प्रमुख दिलिपशेखर श्रेष्ठले बताए। श्रेष्ठका अनुसार मंसिरभित्रै प्रधानमन्त्री नयाँ आवासीय भवनमा सर्नेछन्।

    त्यसका लागि सबै तयारी करिबकरिब पूरा भएको उनले बताए। ‘मंसिर २४ भित्रै भवन हस्तान्तरण गर्न प्रधानमन्त्रीको सचिवालयले निर्देशन दिएको छ’,श्रेष्ठले भने, ‘निर्देशनअनुसार मंसिर २४ भित्रै भवन हस्तान्तरण गर्नेछौं।’

    प्रधानमन्त्री ज्योतिषको सल्लाहअनुसार शुभ दिन छानेर नयाँ भवनमा बसाइँ सर्नेछन्। उनलाई नयाँ भवनमा सर्न मंसिर महिना उपयुक्त भएको सल्लाह ज्योतिषले दिएको स्रोतले बतायो।

    तीन तलाको उक्त भवनमा सबै किसिमका सुविधा छन्। आयोजनाका अनुसार पहिलो तलामा बंकरको व्यवस्था छ।

    विशेष सुरक्षाको अवस्था आएमा प्रधानमन्त्री र उनको परिवार बंकरमा बस्न सक्नेगरी संरचना तयार गरिएको आयोजनाका एक कर्मचारीले बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology