Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेको महाधिवेशन : भीम रावल र घनश्याम भुसालद्वारा ओली प्रस्ताव अस्वीकार

एमालेको महाधिवेशन : भीम रावल र घनश्याम भुसालद्वारा ओली प्रस्ताव अस्वीकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • ०८:२८:३५ बजे
  • 769
    SHARES
  • एमालेको महाधिवेशन : भीम रावल र घनश्याम भुसालद्वारा ओली प्रस्ताव अस्वीकार

    एमालेको दसौं महाधिवेशनको बन्दसत्र हलमा अध्यक्षमण्डलका तर्फबाट केपी शर्मा ओलीले आइतबार राति प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीलाई निवर्तमान उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अस्वीकार गरेका छन्।

    images

    अध्यक्षमा उम्मेदवारी दिने भन्दै रावलले अस्वीकार गरेका हुन्। भुसालले पनि सूचीबाट लोकतन्त्रको चिरहरण भएको भन्दै अस्वीकार गरेका हुन्।

    उनीहरूले ओलीको सूचीलाई अस्वीकार गरेपछि अन्ततः अध्यक्षसहितका केही पदमा निर्वाचन हुने भएको छ।

    सहमति हुन नसकेपछि निर्वाचन आयोगले आइतबार राति साढे ११ बजे निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।

    कार्यतालिकाअनुसार निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, दाबी विरोध,उम्मेदवारी दर्तालगायतका कार्यक्रम राति नै सम्पन्न गर्ने तय भएको थियो।

    यसअनुसार मतदाता नामावली प्रकाशन गरिएको थियो। तर पछि निर्वाचनका बाँकी काम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको सूचना राति अबेर प्रकाशन गरिएको छ।

    यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # एमालेको महाधिवेशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology