Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पश्चिम बंगाल : महिला पुरोहितले गराइन् जोडीको विवाह

पश्चिम बंगाल : महिला पुरोहितले गराइन् जोडीको विवाह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • ०८:३०:१६ बजे
  • 874
    SHARES
  • पश्चिम बंगाल : महिला पुरोहितले गराइन् जोडीको विवाह

    हामीले लगभग सबै विवाहमा पुरुष पुरोहितले नै विवाह गराइदिरहेको देख्छौं ।

    images

    विवाहमा मात्रै नभई लगभग सबैजसो धार्मिक कार्य पुरुष पुरोहितले नै गराइरहेका हुन्छन् । महिला पुरोहितको काम खाना पकाउने, पण्डितहरूलाई खुवाउने आदि इत्यादिमा मात्रै सिमित हुन्छ ।

    पश्चिम बंगालको हुगली क्षेत्रमा यतिबेला एउटा विवाह चर्चाको विषयमा बनेको छ । उक्त विवाहलाई एक महिला पुरोहितले सम्पन्न गराएकी थिइन् ।

    जुन परम्परालाई थुप्रै वर्षदेखि पुरुषले निभाउँदै आएका थिए अब यस पटक यो ठूलो परिवर्तन महिलाले गरेर देखाएकी छिन् । सोसल मिडियामा जुन तस्बिर भाइरल भइरहेको त्यसमा महिला पुरोहितले मन्त्र उच्चारण गर्दै हवन गरिरहेकी छिन् ।

    स्मरण रहोस्, विवाह बन्धनमा बाँधिएका यो जोडी उत्सव र साक्षी हो । यी दुबैले पारम्परिक बंगाली विवाहभन्दा केही भिन्न गर्ने सोचेका थिए ।

    त्यसपछि नै महिला पंडित अनिता मुखोपाध्यायसँग सम्पर्क गरियो र उनी यो विवाह गराउन मानिन् । यी दुई व्यावसायिक रुपमा सफ्टवेयर इन्जिनियर हुन् ।

    आफ्नो विवाहलाई विशेष बनाउनका लागि उनीहरुले यस्तो सोचेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology