Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वरिष्ठ उपाध्यक्ष कसैको उम्मेदवारी नपरेपछि ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध

वरिष्ठ उपाध्यक्ष कसैको उम्मेदवारी नपरेपछि ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १२:०२:२९ बजे
  • 952
    SHARES
  • वरिष्ठ उपाध्यक्ष कसैको उम्मेदवारी नपरेपछि ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध

    नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जान पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ ।

    images

    वरिष्ठ उपाध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् । महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको हो ।

    त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पुथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका हुन् । मनोनयको समयसीमा सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेन ।

    निर्वाचन आयोगकाअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ भने ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ ।

    त्यस्तै, ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ । ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षमा घनश्याम भुसालले समेत उम्मेदवारी दिएपछि निर्वाचनमा जानुपर्ने भएको छ ।

    त्यसैगरी ओलीद्वारा प्रस्तावित ७ सचिवसँगै भीम आचार्य र टंक कार्कीको समेत उम्मेदवारी परेपछि सचिवमा समेत चुनाव हुने भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology