Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि,१४ पदाधिकारीका लागि निर्वाचन हुने

ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि,१४ पदाधिकारीका लागि निर्वाचन हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १३:०१:१२ बजे
  • 1.2K
    SHARES
  • ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि,१४ पदाधिकारीका लागि निर्वाचन हुने

    चितवनमा जारी नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षसहित १४ पदाधिकारीमा निर्वाचन हुने भएको छ ।

    images

    केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ ।

    अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीपछि अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि चुनावबाट पदाधिकारीको टुंगो लाग्ने भएको हो ।

    वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित ओलीले प्रस्ताव गरेको पाँच जनाको नाममा थप उम्मेदवारी नपरेकाले निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ ।

    त्यसबाहेक १४ पदाधिकारीका लागि निर्वाचन हुने निश्चित देखिएको छ । ओलीले १०औँ महाधिवेशनमा पदाधिकारी चयनका लागि तयार पारेको सूचीमा जहाँ पूर्वमाओवादीलाई समेटिएको छ, त्यहीँ एमालेको असन्तुष्ट पक्षले उम्मेदवारी दिएको छ ।

    जसले गर्दा एमाले महाधिवेशन प्रतिनिधिले पूर्वमाओवादीलाई रोज्ने कि पार्टीभित्रकै असन्तुष्ट पुराना नेतालाई रोज्ने भन्ने जटिल निर्णय लिनुपर्ने अवस्था देखिएको छ ।

    उपाध्यक्ष पदका लागि ओलीले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा‘बादल’ विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरेका छन् ।

    ओली पक्षबाट सोही अनुसार उपाध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ । यो समूहबाट बादल पूर्वमाओवादी पृष्ठभूमिका हुन् । उपाध्यक्ष पदमै एमालेका नेता घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

    यसैगरी, सचिवमा ओलीले प्रस्ताव गरेका टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छबिलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नामप्रति असहमति जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सो पदमा पनि प्रतिस्पर्धा हुने भएको हो ।

    ओलीको यो सूचिमा टोपबहादुर र लेखराज भट्ट पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology