Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चुनावबाट प्राप्त मतलाई हेरेर भविष्यमा ओलीविरोधी समूहको नेतृत्व गर्ने रणनीतिमा रावल

चुनावबाट प्राप्त मतलाई हेरेर भविष्यमा ओलीविरोधी समूहको नेतृत्व गर्ने रणनीतिमा रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १४:०२:१० बजे
  • 1.1K
    SHARES
  • चुनावबाट प्राप्त मतलाई हेरेर भविष्यमा ओलीविरोधी समूहको नेतृत्व गर्ने रणनीतिमा रावल

    नेकपा एमालेको अध्यक्षमा कस्ले जित्ला भन्ने चासो छैन । एमाले अध्यक्ष केपी शर्मा ओली फेरि दोहोरिने निश्चित जस्तै छ । तर, ओलीलाई अध्यक्षमा चुनौती दिएका उपाध्यक्ष भीम रावलले कति मत ल्याउलान् ? चासोको विषय बनेको छ ।

    images

    नेकपा एमालेका २२ सय प्रतिनिधि मध्ये रावलले झण्डै एक हजार मत ल्याउने उनी पक्षधरको दाबी छ । एमाले फुटेर ओलीइतर समूह बाहिरिइसकेकाले उनकै वर्चश्व छ ।

    तैपनि, ओलीप्रति असन्तुष्टहरुको उल्लेख्य संख्या एमालेभित्र छ । उनीहरुको मत रावललाई नै जान सक्छ । रावलले ५ सय मत कटाउने आँकलन गरिएको छ । पदाधिकारी बन्न नपाएका र केन्द्रीय सदस्य बन्न नपाएकाहरु असन्तुष्ट भएका छन् । उनीहरुले पनि ओलीलाई मत नदिने अवस्था विकास हुनसक्छ ।

    भविष्यमा ओलीविरोधी समूहको नेतृत्व गर्ने रणनीतिका साथ रावलले उम्मेदवारी दिएका छन् । उनले आजको चुनावबाट प्राप्त मतलाई हेरेर भावी कदम चाल्ने बुझिएको छ ।

    ओलीको उत्तराधिकारी नभई चुनौती दिदै एमालेको नेतृत्वमा पुग्ने महत्वाकांक्षा रावलले लिएको देखिन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology