Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१०औँ राष्ट्रिय महाधिवेशन :तीन पक्षबीच प्रतिस्पर्धा

१०औँ राष्ट्रिय महाधिवेशन :तीन पक्षबीच प्रतिस्पर्धा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १५:०६:१७ बजे
  • 1.6K
    SHARES
  • १०औँ राष्ट्रिय महाधिवेशन :तीन पक्षबीच प्रतिस्पर्धा

    नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन सहमतिमा नेतृत्व चयन गर्न असफल भएपछि सुषुप्त रुपमा रहेको तीनवटा पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    images

    एमालेका नेताहरूले पार्टीभित्र कुनै गुटबन्दी नभएको दाबी गरिरहे पनि अध्यक्ष केपी शर्मा ओली पक्षधर, असन्तुष्ट १० नेता पक्षधर र पूर्वमाओवादी पक्षधरबीच निर्वाचन हुने प्रष्ट देखिएको छ ।

    पूर्व माओवादी पक्षधरबाट उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट, खुला केन्द्रीय सदस्यमा मणिचन्द्र थापा र प्रदेश २ क्लष्टरबाट प्रभु साह उम्मेदवार छन् भने सो समूहलाई अध्यक्ष ओली पक्षधरले बढी मात्रामा समर्थन जनाउने सम्भावना रहेको छ ।

     निवर्तमान अध्यक्ष ओलीसँग असन्तुष्ट रहेका १० केन्द्रीय नेताहरूले ओली र माओवादी पक्षधर नेताहरू प्रस्तावित पदमा उम्मेदवार दिएकाले चुनौती थपिएको छ ।

    उपाध्यक्ष थापाको स्थानमा भीम रावल तथा रायमाझी र भट्ट प्रस्तावित रहेको सचिवको स्थानमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि चुनौती थपिएको हो ।

    पूर्वमाओवादी खेमालाई भने ओली पक्षले समर्थन जनाउने भए पनि प्रतिनिधिले के गर्छन ? अनुमान गर्न नसकिने नेताहरूको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology