Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काँग्रेस महाधिवेशनमा झडप हुँदा निर्वाचन अधिकृतसहित ५ जना घाइते

काँग्रेस महाधिवेशनमा झडप हुँदा निर्वाचन अधिकृतसहित ५ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १७:२४:३२ बजे
  • 673
    SHARES
  • काँग्रेस महाधिवेशनमा झडप हुँदा निर्वाचन अधिकृतसहित ५ जना घाइते

    सर्लाहीमा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा आज झडप भएको छ ।

    images

    वडा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको हो । गोली चलेको एक दिन नबित्दै पुनः आज भएको झडपमा परी मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् ।

    बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको हो ।

    सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाका अनुसार झडपको क्रममा ५ जना घाइते भएका छन् । मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरी बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको उनको भनाई छ ।

    यस्तै झडपमा परेर झासहित ३ जना प्रहरी र एक जना सर्वसाधारण पनि घाइते भएको उनले जानकारी दिएका छन् । निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology