Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमालेको चितवनमा ‘कुम्भ मेला’ प्रदर्शन : नेपाल

एमालेको चितवनमा ‘कुम्भ मेला’ प्रदर्शन : नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १७:२६:३३ बजे
  • 1.0K
    SHARES
  • एमालेको चितवनमा ‘कुम्भ मेला’ प्रदर्शन : नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाल)ले चितवनमा ‘कुम्भ मेला’ प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।

    images

    राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फरक मत राख्ने व्यक्तिहरुमाथि चितवनमा भएको अत्याचारले एमालले आफ्नो चरित्र प्रदर्शन गरेको आरोप लागाएका हुन् ।

    उनले नेकपा एमाले दक्षिणपन्थी भासमा भासिएको बताउँदै एमाले कम्युनिस्ट पार्टी हुन नसक्ने तर्क गरे ।

    अध्यक्ष नेपालले लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरुबीच गठबन्धन भएको बताउँदै आफूहरुको यात्रा समानता र एकताको यात्रा भएको जिकिर गरे ।

    समाजबाट भेदभाव हटाउन संघर्ष गर्नुपर्ने, समाजमा रहेको छुवाछुतलगायतका कुसंस्कारलाई हटाउन पहल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।

    अध्यक्ष नेपालले समाजमा भएका अन्याय अत्याचारका विरुद्ध लड्न आफ्नो पार्टी स्थापाना भएको बताउँदै राजनीतिक क्षेत्रमा परिवर्तन भएपनि अन्य क्षेत्रमा परिवर्तन बाँकी रहेकाले देशको आमूल परिवर्तनमा सांस्कृतिककर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology