Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अष्ट्रेलियाले फेरि बन्द गर्‍यो सीमा नाका

अष्ट्रेलियाले फेरि बन्द गर्‍यो सीमा नाका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १९:४९:३३ बजे
  • 1.1K
    SHARES
  • अष्ट्रेलियाले फेरि बन्द गर्‍यो सीमा नाका

    अस्ट्रेलियामा अझै केही दिने अन्तर्राष्ट्रिय सीमानाका खुला नहुने भएको छ । त्यहाँको सरकारले यसअघि पर्सि (बुधबार)देखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने बताएको थियो ।

    images

    नयाँ भेरियन्टको कारोना भाइरस फैलिएको भन्दै केहीदिन सीमानाका नखोल्ने अस्ट्रेलिया सरकारले निर्णय गरेको हो । प्रधानमन्त्री स्कट मरिसनले दुई सता नयाँ कोरोनाबारे अनुसन्धान गर्न भन्दै तत्काल सीमानाका नखोल्ने निर्णय गरेका हुन् ।

    यसअघिको निर्णयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरु पनि अष्ट्रेलिया प्रवेश गर्न पाउने भनिएको थियो । हालको निर्णयसँगै अष्ट्रेलिया जानलागेका कामदार तथा विद्यार्थीहरुलाई भने असर परेको छ ।

    यसअघिको निर्णले नेपालबाट अध्यायनका लागि अष्ट्रेलिया जान लागेका विद्यार्थीहरु पनि १ तारिखदेखि नै उड्ने तयारीमा थिए । तर अब कम्तिमा पनि डिसेम्बर १५ सम्म अष्ट्रेलिया प्रवेश गर्न पाउने छैनन् ।

    अष्ट्रेलियन नागरिकहरुलाई नै भने सीमामा प्रवेश रोक लगाइने छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology