Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी केन्द्रका स्थानीय कमिटीको अधिवेशन :ओखलढुंगाका ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

माओवादी केन्द्रका स्थानीय कमिटीको अधिवेशन :ओखलढुंगाका ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • २०:५३:१७ बजे
  • 1.4K
    SHARES
  • माओवादी केन्द्रका स्थानीय कमिटीको अधिवेशन :ओखलढुंगाका ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

    आगामी पुसमा हुने राष्ट्रिय महाधिवेशन अघि जिल्ला तथा स्थानीय कमिटीको अधिवेशन सम्पन्न गर्नु पर्ने भएपछि नेकपा माओवादी केन्द्रका स्थानीय कमिटीको अधिवेशन धमाधम भइरहेको छ ।

    images

    जिल्लाका ८ स्थानीय तहमध्ये ६ वटामा अधिवेशन सकिएको छ । अधिवेशनले स्थानीय कमिटीको नयाँ नेतृत्व चयनका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको नेता हेमसागर पराजुलीले जानकारी दिए ।

    जिल्लाका लिखु, चम्पादेवी, सुनकोसी, मानेभञ्याङ् चिशंखुगढी र खिजीदेम्वा गाउँपालिका कमिटीका अधिवेशन सकिएका छन् ।

    अधिवेशनले सबै पदहरूमा सर्वसम्मत नेतृत्व चयन गरेको र दुई पालिकाको मंसिर तेस्रो साताभित्रै सम्पन्न भइसक्ने नेकपा मा‌ओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य रुपेश शाक्यले जानकारी दिए ।

    नेकपा माओवादी केन्द्र पालिकाको प्रथम सम्मेलनबाट चिशंखुगढीमा नरेन्द्र बस्नेत, खिजीदेम्वामा चन्द्रमान तामाङ, मानेभञ्ज्याङमा टंक किराति, लिखुमा नवीन पौडेले अध्यक्ष चयन भएका छन् ।

    त्यस्तै सुनकोसीमा छविरमण धमला, चम्पादेवीमा खड्गबहादुर कार्की अध्यक्ष बनेका छन् ।

    पालिका अधिवेशनले भूगोलबाट दुई अनिवार्य हुने गरी सबै पालिकाबाट सदस्य संख्याका आधारमा प्रदेश प्रतिनिधि पनि चयन भएका छन् ।

    सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकामा भने अधिवेशन हुन बाँकी छ । ती तहमा पनि मिति तय भइसकेकाले म‌ंसिरको २० भित्रै सबै अधिवेशन सम्पन्न हुने नेताहरूले बताएका छन् । म‌ंसिर २८ मा प्रदेश १ को अधिवेशन तय भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology