Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले महाधिवेशन : बिहानसम्म ११०० मत खस्यो

एमाले महाधिवेशन : बिहानसम्म ११०० मत खस्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • ०८:१७:५५ बजे
  • 844
    SHARES
  • एमाले महाधिवेशन : बिहानसम्म ११०० मत खस्यो

    नेकपा एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका अहिले मतदान जारी छ । बिहान ४ बजेबाट मतदान सुरु भएको हो । बिहान ६ बजेसम्मा करिब ११०० भन्दा बढी मत खसेको बताइएको छ ।

    images

    राति २ बजेबाट मतदानको कार्यतालिका तय भएको भए पनि ढिलो गरेर बिहान ४ बजे मात्र सुरु भएको थियो । मतदानपश्चात आजै दिउँसोसम्म नतिजा आइसक्ने जनाइएको छ ।

    अघिल्लो दिनदेखि गएरातिसम्मै पनि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलेसहमतिका लागि प्रयास जारी राखेका थिए । तर भीम रावल लगायतका उम्मेदवार पछि नहटेपछि भने मतदान सुरु भएको हो । पहिलो मत ओलीले नै हालेको बताइएको छ ।

    एमाले पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान भइरहेकाे हाे । अन्य पदमा भने सहमतिमै भागबण्डा मिलाइएकाे थियाे ।

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology