Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुन तस्करीको आशंका:विदेशबाट फर्किएकालाई विमानस्थलमा कडाइ

सुन तस्करीको आशंका:विदेशबाट फर्किएकालाई विमानस्थलमा कडाइ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • ०८:१९:२६ बजे
  • 856
    SHARES
  • सुन तस्करीको आशंका:विदेशबाट फर्किएकालाई विमानस्थलमा कडाइ

    सुन तस्करीको आशंकामा विदेशबाट फर्किएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई, कतार र मलेशियाबाट नेपाल आएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो ।

    images

    चेकजाँचमा कडाइ गर्न थालेपछि विमानस्थलमा सोमवारदेखि भीड बढेको छ । विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईका अनुसार विदेशबाट फर्किएका यात्रुमार्फत बाला बनाएर काँचो सुन भित्र्याउने गरेको आशंकामा जाँचमा कडाइ गरिएको बताए ।

    उनका अनुसार झिटीगुन्टा सहुलियतको दुरुपयोग भएको हो कि भन्ने आंशकामा यात्रु जाँचमा कडाइ गरिएको हो । रोजगारीबाट फर्किएका नेपालीहरूलाई तस्करहरूले फसाएर सुन पठाउन सक्ने जोखिम बढेको सूचना पाएपछि नियमभन्दा बाहिरबाट ल्याइएको सुनको राजस्व तिर्न कडाइ गरिएको भट्टराईले दाबी गरे ।

    झिटीगुन्टा नियमअनुसार गहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउने यात्रुले राजस्व तिर्नु पर्दैन । तर, त्योभन्दा बढी २ सय ग्रामसम्म गहनाका रूपमा सुन ल्याउने यात्रुले राजस्व तिर्नुपर्नेछ । यस्तै ५० ग्राम वा त्योभन्दा बढी कच्चा सुन कुनै पनि बहानामा भित्र्याए राजस्व तिर्न अनिवार्य गरिएको भट्टराईले बताए । ‘

    कच्चा सुनलाई बालाजस्तो आकार दिएर नेपाल भित्र्याउनेलाई कडाइ गरिएको छ,’ भन्सार प्रमुख भट्टराईले बताए ।

    नेपालमा अवैध सुन भित्रिन सक्ने साउदी अरब, दुबई र मलेशियाबाट आउने यात्रुहरूमाथिको चेक जाँच उच्च प्राथमिकतामा परेको भन्सार कार्यालयले जनाएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # सुन तस्करीको आशंका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology