नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्यानल सूची वितरणको विरोध गर्दा ओली पक्षबाट जाइलाग्ने काम भएको अध्यक्ष पदका उम्मेद्वार भीम रावलले बताएका छन ।
अध्यक्षका उम्मेदवार भीम रावलले प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका थिए। उनले प्यानल सूची वितरणको विरोध गर्दा केपी ओली पक्षबाट आफू पक्षीय कार्यकर्तामाथि जाइलाग्ने कार्य भएको बताएका छन् ।
‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान क्षेत्रमा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूहको सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु’,।
रावलले ट्वीटरमा भनेका छन्, उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ। यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’
केपी ओली निकटले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्ने उल्लेख गरिएको सूची वितरण गरेपछि विवाद उत्पन्न भएको हो ।
