Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले महाधिवेशन: मतदान सकियो,अब मतगणना

एमाले महाधिवेशन: मतदान सकियो,अब मतगणना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • ११:२७:११ बजे
  • 1.1K
    SHARES
  • एमाले महाधिवेशन: मतदान सकियो,अब मतगणना

    नेकपा एमालेको महाधिवेशनमा मतदान गर्ने कार्य सकिएको छ । आज बिहान १० बजेसम्म मतदान गर्ने भनिएको महाधिवेशनको समय आधा घन्टा थपिएको थियो । थपिएको समयपनि अहिले सकिएको छ ।

    images

    समय सकिएपछि मतदान गर्ने कार्य पनि स्थगित गरिएको छ । १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान गरिएको छ । अहिलेसम्म २ हजार ८० मत खसेको जनाइएको छ । 

    हलभित्र पसेका केही प्रतिनिधि बाँकी भएको कारण २१ सयको हाराहारी मत खस्ने हनुमान निर्वाचन आयोगले गरेको छ । निर्धारित समयमा मतदान नसकिने भएपछि केन्द्रीय निर्वाचन आयोगले समय थपेको थियो ।

    निर्वाचन आयोगले थपेको समय पनि अहिले सकिएको छ । तर, मतदान गर्न हलभित्र पसेकाहरुको हकमा भने मतदान भइरहेको छ । निर्वाचन आयोगले केही समयपछि कति मतदान भयो भनेर आधिकारिक घोषणा गर्ने जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology