Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रको जाजरकोटका चार पालिकामा अधिवेशन सम्पन्न

माओवादी केन्द्रको जाजरकोटका चार पालिकामा अधिवेशन सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • ११:४५:२४ बजे
  • 1.5K
    SHARES
  • माओवादी केन्द्रको जाजरकोटका चार पालिकामा अधिवेशन सम्पन्न

    जाजरकोटका चार पालिकामा नेकपा ( माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाथ भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

    images

    नलगाड, भेरी नगरपालिका, कुशे र बारेकोट गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ ।

    अधिवेशनले नलगाड नगर कमिटीको अध्यक्षमा गणेश सिंह, उपाध्यक्षमा अमर वली, बालकुमारी बस्नेत, गुमान रावत, सचिवमा प्रचण्ड वली, सहसचिवमा वीरबहादुर खड्का र कोषाध्यक्षमा तेजबहादुर परियारलाई सर्वसम्मत चयन गरेको छ ।

    यस्तै बारेकोट गाउँ कमिटीको अध्यक्षमा हरिबहादुर थापा, उपाध्यक्षमा योगेन्द्र सिंह, ओमबहादुर नेपाली, दलबहादुर सिंह, सचिवमा वसन्त शाही, सहसचिवमा प्रेम बोहरा र रमा रावत चयन हुनुभएको छ ।

    भेरी नगर कमिटीको अध्यक्षमा दीपक बस्नेत, उपाध्यक्षमा मनबहादुर शाही, ललित बस्नेत, टेकबहादुर रोकाय, सचिवमा मीना पुन, सहसचिवमा खीमबहादुर विक र कोषाध्यक्षमा भीमहादुर खत्री चयन हुनुभएको छ ।

    यस्तै कुशेमा गाउँ कमिटीको अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षमा मानबहादुर विक, विकास रोकाय, नीरजकुमार पुन, कोषाध्यक्षमा सरस्वती विष्ट, सचिवमा कृष्णबहादुर शाही र सहसचिवमा बविता चनारालाई चयन गरिएको कुशेगाउँ कमिटीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology