Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले नयाँ नेतृत्व चयन निर्वाचनमा खस्यो २११४ मत

एमाले नयाँ नेतृत्व चयन निर्वाचनमा खस्यो २११४ मत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • १२:०२:३७ बजे
  • 820
    SHARES
  • एमाले  नयाँ नेतृत्व चयन निर्वाचनमा खस्यो २११४ मत

    नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदानमा २ हजार ११४ मत खसेको छ । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कुल २ हजार १५३ मतदातामाध्ये २ हजार ११४ मत खसेको जानकारी दिए ।

    images

    एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहानदेखि मतदान भएको थियो भने अब मतदान सकिएसँगै मतगणनाको तयारी भइरहेको छ । एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो ।

    एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र डा.भीम रावल प्रतिस्पर्धामा छन् ।

    यस्तै, ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा‘बादल’, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र युवराज ज्ञवाली भिड्दैछन् ।

    यसैगरी सचिवतर्फ ७ पदमा पनि ओलीले बनाएका पदाधिकारीबाहेक भीम आचार्य र टंक कार्कीको उम्मेदवारी परेपछि मतदान भएको हो ।

    ओलीले लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी र छबिलाल विश्वकर्मालाई पदाधिकारी बनाएका थिए । ओलीका उक्त सूचिमा टोपबहादुर रायमाझी र लेखराज भट्ट पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology