Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • १२:११:२६ बजे
  • 943
    SHARES
  • वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

    उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका छन् ।

    images

    चन्द्रगिरि नगरपालिका–२ वाडभञ्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबादेखि सुरु भएको श्रमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताए ।

    “शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ, शिक्षा क्षेत्रमा विभेद हुन हुँदैन । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेर गएको छ ।

    विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रुपान्तरण सम्भव छ,” उनले भने । सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

    पूर्वसांसद् रुपा महर्जन, चन्द्रगिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सबैको साथ र सहयोग रहेको उल्लेख गर्दै विद्यालयलाई प्रविधिमैत्री र गुणस्तरीय शैक्षिक वातावरण तयार गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।

    सोमबारदेखि सुरु भएको महायज्ञ मंसिर २१ गतेसम्म सञ्चालन हुने छ । उक्त महायज्ञमा पण्डित वासुदेव घिमिरेले कथा वाचन गर्ने छन् ।

  • सम्बन्धित विषय:

  • # वैज्ञानिक शिक्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology