Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लिङ्देनलाई प्रकाशचन्द्र लोहनीको समर्थन

लिङ्देनलाई प्रकाशचन्द्र लोहनीको समर्थन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • १३:२२:३६ बजे
  • 1.1K
    SHARES
  • लिङ्देनलाई प्रकाशचन्द्र लोहनीको समर्थन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा.प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ ।

    images

    युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा. लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको गर्ने तयारी गरेका छन् ।

    “मंगलबार बिहान साढे ११ बजे डा. लोहनीले लिङ्देनलाई समर्थन रहेको घोषणा गर्दै छन्,” राप्रपा युवा नेता सुजित केसीले । यसका लागि जमलस्थित एलो प्यागोडा होटेलमा कार्यक्रम राखिएको उनले जानकारी दिए ।

    हाल राप्रपामा कमल थापा, पशुपतिशमशेर जबरा र डा. लोहनी तीन जना नेतृत्वमा छन् । थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, जबराले हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् ।

    स्रोतका अनुसार जबराले पनि लिङ्देनलाई समर्थन जनाउने तयारीमा छन् । तर, उनी हालसम्म कुनै पक्षमा खुलिसकेका छैनन् ।

    नयाँ नेतृत्व नआएमा राप्रपाको अस्तित्व सकिने अधिकांश युवा नेताहरूको बुझाइ छ । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ । भोलि बुधबारबाट सुरू हुने राप्रपा महाधिवेशनमा हालसम्म थापा र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ ।

    महाधिवेशनको अघिल्लो दिनसम्म उम्मेदवारी घोषणा नगरेका जबराले लिङ्देनलाई समर्थन गर्ने राप्रपा एक नेताको दाबी छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # लिङ्देन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology