एजेन्सी । इतिहासमा पहिलो पटक अन्टार्टिकामा एउटा विमानले सफलापूर्वक अवतरण गरेको छ । एउटा व्यावसायिक एयर बस कम्पनीको ए ३४० विमान हिउँले ढाकेको धावनमार्गमा यसै महिनाको सुरुमा अवतरण भएको हो ।
विमानको पहिलो अवतरणसँगै अन्टार्टिकामा पर्यटनका लागि बाटो खुलेको छ । ए ३४०विमान नोभेम्बर २ मा अफ्रिकाको राजधानी केप टाउनबाट अन्टार्टिकाका लागि उडेको थियो ।
अन्टार्टिकामा पुग्न विमानले चार हजार ६३० किलोमिटर उडेको थियो । विमानका क्याप्टेन मिरपुरीका अनुसार विमान सफलतापूर्वक इतिहासमै पहिलोपटक निलो हिमनदीबाट बनेको धावनमार्गमा अवतरण गरेको थियो ।
एतिहासिक उडानलाइ हाइ फ्लाइ बुटिक उड्यन कम्पनीले सञ्चालन गरेको थियो । वुल्फ ग्याङ पर्वतारोहण क्याम्पले विमान चार्टड गरेको थियो । सफल अवतरणसँगै सो विमानलाइ यस मौसममा पर्यटकहरुले प्रयोग गर्नेछन् ।
विवरणअनुसार १९० टनको विमान धावनमार्गमा पुग्दा ककपिटमा डर बढेको थियो ।