Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमाले अध्यक्षमा फेरि केपी ओली निर्वाचित,रावलको पक्षमा २२३ मत

एमाले अध्यक्षमा फेरि केपी ओली निर्वाचित,रावलको पक्षमा २२३ मत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • १६:१३:१३ बजे
  • 1.6K
    SHARES
  • एमाले अध्यक्षमा फेरि केपी ओली निर्वाचित,रावलको पक्षमा २२३ मत

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् ।

    images

    चितवनको सौराहामा भएको १०औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा भीम रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् ।

    एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १८३७ मत र भीम रावलले २२३ मत प्राप्त गरेका छन् ।

    आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको थियो ।

    त्यसोत, एमाले नेता विष्णु रिजालले यस अगाडि नै १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथ ग्रहण सौराहामा नै हुने जानकारी गराएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology