नेकपा एमाले नेता घनश्याम भुसाल पार्टीको उपाध्यक्षमा पराजित भएका छन् ।
भुसाल चितवनमा एमालेको नयाँ नेतृत्वको लागि भएको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।
आज दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएका हुन् । अष्टलक्ष्मी शाक्यले उपाध्यक्षमा सबैभन्दा धेरै मत पाएकी छन् ।
त्यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन् । शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन् । त्यस्तै विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन् ।