Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले पाइन् सबैभन्दा बढी मत

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले पाइन् सबैभन्दा बढी मत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • १६:२०:५९ बजे
  • 1.3K
    SHARES
  • उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले पाइन् सबैभन्दा बढी मत

    नेकपा (एमाले)को चितवनमा जारी १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगाणना भइरहेको छ ।

    images

    पदाधिकारीमध्ये उपाध्यक्ष पदमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेकी अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएकी छन् ।

    उनले हालसम्म १ हजार ९७६ मत पाएकी छन् । यस्तै, दोस्रोमा सुरेन्द्र पाण्डेले १ हजार ९२५, सुवासचन्द्र नेम्वाङले १ हजार ८६५, विष्णु पौडेलले १ हजार ८५६, युवराज ज्ञवालीले १ हजार ८४२ र रामबहादुर थापा‘बादल’ले १ हजार ७६८ मत पाएका छन् ।

    घनश्याम भुसालले जम्मा ७२५ मत पाएका छन् । मत परिणाम गन्ने काम लगभग सकिएको छ। केही मत मात्र गन्न बाँकी रहेको स्रोतले जानकारी दिएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology