Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीले प्रस्ताव गरेका उपाध्यक्ष सबै विजयी, भुसाल पराजित

ओलीले प्रस्ताव गरेका उपाध्यक्ष सबै विजयी, भुसाल पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • १६:२३:१० बजे
  • 691
    SHARES
  • ओलीले प्रस्ताव गरेका उपाध्यक्ष सबै विजयी, भुसाल पराजित

    नेकपा (एमाले)को नयाँ नेतृत्वमा केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी डा.भीम रावललाई फराकिलो अन्तरले पराजित गर्दै पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भए ।

    images

    यस्तै, पदाधिकारीहरुका लागि भएको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै जना निर्वाचित भएका छन् । उपाध्यक्षका लागि भएको मतदानको भर्खरै सकिएको मतगणनाअनुसार उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल भने पराजित भएका छन् ।

    भुसालले ७२५ मत प्राप्त गरेको एमालेको निर्वाचन आयोगले जनाएको छ । उपाध्यक्ष पदमा निर्वाचित अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएकी छन् । उनले १ हजार ९७६ मत पाइन् ।

    यस्तै, दोस्रोमा सुरेन्द्र पाण्डेले १ हजार ९२५, सुवासचन्द्र नेम्वाङले १ हजार ८६५, विष्णु पौडेलले १ हजार ८५६, युवराज ज्ञवालीले १ हजार ८४२ र रामबहादुर थापा‘बादल’ले १ हजार ७६८ मत पाएका छन् ।

    अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्रमा भुसालबाहेक शाक्य, पाण्डे, नेम्वाङ, पौडेल, ज्ञवाली र बादलको नाम सर्वसम्मतिका लागि उपाध्यक्षमा प्रस्ताव गरेका थिए ।

    त्यसलाई चुनौती दिँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । भुसाल नवौँ महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology