Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भीम रावलले लिएनन् केन्द्रीय सदस्यको शपथ

भीम रावलले लिएनन् केन्द्रीय सदस्यको शपथ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • १९:४८:५१ बजे
  • 1.1K
    SHARES
  • भीम रावलले लिएनन् केन्द्रीय सदस्यको शपथ

    नेकपा एमालेको नेता भीम रावलले केन्द्रीय कमिटी सदस्यको शपथ लिन अस्वीकार गरेका छन् ।

    images

    अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गरेपनि उनले शपथ लिएनन् । नेता रावलले यसअघि नै केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी नदिएको भन्दै पद अस्वीकार गर्ने बताएका थिए ।

    मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । केन्द्रीय सदस्य भीम रावलले ९०४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए ।

    रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # भीम रावल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology