Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाका नेताले चिनियाँ कम्युनिष्ट बाट प्रशिक्षण लिएको आरोप

नेकपाका नेताले चिनियाँ कम्युनिष्ट बाट प्रशिक्षण लिएको आरोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७७ बुधवार • ०८:१५:०२ बजे
  • 1.6K
    SHARES
  • नेकपाका नेताले चिनियाँ कम्युनिष्ट बाट प्रशिक्षण लिएको आरोप

    मयूरपाटी - प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सत्तारुढ नेकपाका नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टीका नेताबाट प्रशिक्षण लिएको आरोप लगाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै काँग्रेस सांसद मिनेन्द्र रिजालले नेकपा नेताले चिनियाँ नेताहरुबाट प्रशिक्षण लिएको भन्दै आपत्ति जनाए । उनले कहिले नेकपाको आन्तरिक झगडा मिलाउने र कहिले प्रशिक्षण दिने चीनको गतिविधि अपाच्य रहेको टिप्पणी गरे ।

    images

    ‘उत्तर छिमेकीले को नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने, आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउने काममा लाग्नु अपाच्य छ’, रिजालले भने । उनले विगतमा जस्तै कहिले दक्षिण र कहिले उत्तर फर्किने कूटनीतिक कमजोरी हुन नहुनेमा जोड दिए । नेकपाको स्कुलिङ विभाग र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभागको आयोजनामा केही दिनअघि भर्चुअल अन्तरक्रिया भएको थियो ।

    अन्तरक्रियामा नेपालका तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology