Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क बस सेवा सञ्चालन ,मन्त्री प्रेम आले माइक्रोबसमा कोचिएर यात्रा गरे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क बस सेवा सञ्चालन ,मन्त्री प्रेम आले माइक्रोबसमा कोचिएर यात्रा गरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७८ बुधवार • १३:५४:१४ बजे
  • 1.9K
    SHARES
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क बस सेवा सञ्चालन ,मन्त्री प्रेम आले माइक्रोबसमा कोचिएर यात्रा गरे

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

    images

    बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् ।

    Prem_2.jpg

    रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् ।

    विमानस्थलको आन्तरिक हवाई सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

    निःशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

    निःशुल्क बस सेवा सञ्चालनमा

    Prem_1.jpg

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस र विश्राम कक्ष सञ्चालनमा आएको छ ।

    बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक टर्मिनल स्टेसनमा सटल बस र अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम कक्षको शुभारम्भ गरेका छन् ।

    हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म तीन वटा सटल बसले आन्तरिक टर्मिनलदेखि विमानस्थलको गोल्डेन गेटसम्म यात्रुलाई निःशुल्क सेवा दिने मन्त्री आलेले जानकारी दिए ।

    त्यस्तै, गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारका लागि विमानस्थलमा आराम गर्नका लागि विश्राम गर्न कक्ष निर्माण गरिएको उनले बताए । मन्त्री आलले आफूले मन्त्रीको जिम्मेवारीमा रहुन्जेलसम्म विमानस्थलमा सुधारउन्मुख कार्य गर्ने प्रतिबद्धता जनाए ।

    Prem_3.jpg

    विश्राम कक्षमा वैदेशिक रोजगारमा जाने श्रमिकका लागि विभिन्न सुविधान उपलब्ध गराइएको छ । त्यस्तै कक्षमा विमानस्थलभित्र कुनै समस्या परे गुनासो गर्नका लागि पर्यटन मन्त्रालय र बिमानस्थलको हटलाइन नम्बर राखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology