Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७८ बुधवार • १४:०९:५७ बजे
  • 685
    SHARES
  • घट्यो सुनको मूल्य

    आज साताको चौथो कारोबार दिन (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार नौ सय रुपैयाँ कायम भएकोमा आज चार सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।

    आज छापावाल सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ ।

    आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँ थियो ।

    त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # घट्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology