Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राप्रपा र एमालेको एजेन्डा मिल्ने भएकाले एक ठाउँमा आउन सक्छ : पोखरेल

राप्रपा र एमालेको एजेन्डा मिल्ने भएकाले एक ठाउँमा आउन सक्छ : पोखरेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७८ बुधवार • १८:१४:४६ बजे
  • 5.6K
    SHARES
  • राप्रपा र एमालेको एजेन्डा मिल्ने भएकाले  एक ठाउँमा आउन सक्छ : पोखरेल

    नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेन्डाले एकै स्थानमा आउन सक्ने बताएका छन् ।

    images

    काठमाडौँमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेन्डा मिल्ने भएकाले एकैस्थानमा ल्याउन सक्ने बताए ।

    सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने बताए ।

    विगत बिर्सिएर देश र जनताको अवस्था परिवर्तन गर्न राप्रपा र एमाले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका उनले देश र जनताको पक्षमा काम गर्नेगरी अघि बढ्ने प्रतिबद्धता जनाए ।

    देशमा अस्थिरता ल्याउनेलाई चिन्नुपर्ने भन्दै उनले एजेन्डा, विचारमा एकता ल्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology