नेपाल बारका पदाधिकारीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को अध्यक्ष प्रचण्डलाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गरेका छन् ।
बारका पदाधिकारीहरुले आज प्रचण्डलाई भेटेर यस्तो माग गरेको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
मल्लका अनुसार बारका पदाधिकारीले प्रचण्डलाई प्रधानन्यायाधीशलाई की राजीनामा गराउनु पर्ने की तत्काल महाअभियोग लगाएर हटाउनु पर्ने माग राखेको थिए ।
बारले सत्ता गठबन्धनले अदालतको विषयमा चुप लागेर बसको भन्दै आज प्रचण्डलाई भेटर अदालतको समस्या समाधान गर्न पहल गरिदिन आग्रह गरेका हुन् ।
अध्यक्ष प्रचण्डले यो विषयमा सत्तागठबन्धनमा छलफल गरेर छिट्टै टुङ्गोमा पुग्ने बारका पदाधिकारीलाई बताएका छन् ।