कुवेत- नेपाली काङ्ग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको १०औं वार्षिकोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको छ ।
कुवेतस्थित फाहहिलमा रहेको नेपाली ए वान रेस्टुरेन्टमा ०३ डिसेम्बर २०२१ शुक्रवारको दिन हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको सभापति राजेन्द्र बिरहीले मयूरपाटीलाई जानकारी दिनु भएको छ ।
कुवेतको नेपाली समाजमा जनसम्पर्क समिति कुवेतको स्थापना सन् २०११ मा भएको हो । जनसम्पर्क समिति कुवेतले नेपालको विभिन्न ठाउँबाट रोजगारीको सिलसिलामा कुवेतमा आई कार्यरत नेपालीहरु नेपाली कांग्रेससंग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल सबै संघ-संस्थासंग सहकार्य र समन्वय गर्दै नेपालीहरुका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।
कुवेतमा कार्यरत रही समाजवादी-लोकतान्त्रीक राजनीतिक प्रति आस्थावान् सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि जनसम्पर्क समिति कुवेतले अनुरोध गरेको छ ।
कार्यक्रम हुने स्थान, मिति र समय यस प्रकारको रहेको छ ।
स्थान : ए वान नेपाली रेस्टुरेन्ट , फाहहिल, कुवेत
मिति : ०३ डिसेम्बर २०२१
समय : दिनको ठिक ०१:०० बजे