Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतले फेरि अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय,व्यावसायिक उडान पनि प्रभावित

भारतले फेरि अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय,व्यावसायिक उडान पनि प्रभावित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • ०८:३१:५२ बजे
  • 685
    SHARES
  • भारतले फेरि अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय,व्यावसायिक उडान पनि प्रभावित

    एजेन्सी । भारतले फेरि अन्तर्राष्ट्रिय उडान रोक्ने भएको छ । यसअघि भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने बताएको थियो । तर कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण उक्त निर्णय भारतले फेरेको छ ।

    images

    उक्त निर्णयबारे भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै जनाएको छ । ‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि ।

    विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ ।

    उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ,’ महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ ।

    यो सँगै नेपाल र व्यावसायिक उडानसमेत प्रभावित बनेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology