Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दक्षिण अफ्रिकामा ओमिक्रोन देखिएसंगै कोभिडका विरामी दोब्बर बढे

दक्षिण अफ्रिकामा ओमिक्रोन देखिएसंगै कोभिडका विरामी दोब्बर बढे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • १०:०९:०३ बजे
  • 871
    SHARES
  • दक्षिण अफ्रिकामा ओमिक्रोन देखिएसंगै कोभिडका विरामी दोब्बर बढे

    एजेन्सी । दक्षिण अफ्रिकामा कोभिड संक्रमण तीव्र बढेको छ । नयाँ भेरियन्ट देखिएसँगै कोभिडका बिरामी बढेका हुन् । पछिल्लो त्यहाँ कोभिड विरामीको संख्या दोब्बरले बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

    images

    पछिल्लो २४ घन्टामा मात्रै साढे आठ हजार नयाँ संक्रमित भेटिएका छन् । नयाँ भेरियन्ट ओमिक्रोनका कारण कोभिड बिरामी बढेको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

    निकै घातक मानिएको यो भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नै देखिएको थियो । पछिल्ला दिनमा अमेरिका, नाइजेरिया, भारत, क्यानडालगायतका देशमा यो भाइरस देखिएको छ ।

    अमेरिका र नाइजेरियमा दक्षिण अफ्रिकाबाट फर्किएका एक एकजनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । नयाँ भेरियन्टलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ ।

    अहिले प्रयोगमा अ‌ाइरहेका खोप ओमिक्रोनविरुद्ध प्रभावकारी हुन्छ वा हुँदैन् भन्ने बारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । नयाँ भेरियन्ट देखिएसँगै विभन्न देशहरुले दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका छन् ।

    दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त्यस्तो प्रतिबन्ध विज्ञानका आधारमा नभइ विभेदपूर्ण ढंगले लगाइएको गुनासो गर्दै अ‌ाएका छन् ।

  • सम्बन्धित विषय:

  • # दक्षिण अफ्रिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology