Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

स्पेन भ्रमणमा गएको सभामुख अग्नी सापकोटा नेतृत्वको नेपाली टोली आज स्वदेश फिर्ता

स्पेन भ्रमणमा गएको सभामुख अग्नी सापकोटा नेतृत्वको नेपाली टोली आज स्वदेश फिर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • १०:५२:१८ बजे
  • 1.3K
    SHARES
  • स्पेन भ्रमणमा गएको सभामुख अग्नी सापकोटा नेतृत्वको नेपाली टोली आज स्वदेश फिर्ता

    स्पेन भ्रमणमा गएको सभामुख अग्नी सापकोटा नेतृत्वको नेपाली टोली आज स्वदेश फर्किएको छ ।

    images

    अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३औँ सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधि मण्डल स्पेनबाट आज विहान ८ बजे स्वदेश फर्किएको हो ।

    स्पेनको म्याड्रिडमा नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल यही मंसिर ८ गते स्पेन प्रस्थान गरेको थियो ।

    सम्मेलनबाट फर्किएलगत्तै सभामुख सापकोटाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै आईपीयूको १४३औं सम्मेलन बहुआयमिक रुपमा महत्वपूर्ण रहेको बताए ।

    सम्मेलनले दुरगामी महत्वका निष्कर्षहरु निकालेको उनले जानकारी दिए । १२० राष्ट्र सहभागी सम्मेलनमा नेपालको संविधान निर्माणदेखि समावेशी र समानुपातिक प्रतिनिधित्वका बारेमा प्रकाश पारेको सभामुख सापकोटाले जानकारी दिए ।

    सम्मेलनका क्रममा सभामुख सापकोटाले २८ नोभेम्बरमा आईपियू सभालाई सम्बोधन गरेका थिए । उनले २८ नोभेम्बरमै असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गरेका थिए ।

    नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रियसभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई सहभागी थिए ।

    प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री के.सी. र कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ सहभागी भएका थिए ।

  • सम्बन्धित विषय:

  • # सभामुख अग्नी सापकोटा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology