एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन साउदी अरेबिया र युएईमा पनि फेला परेको छ ।
दुवै राष्ट्रका स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर बुधबार यसबारे जानकारी दिएका छन् । रियादमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साउदी अरबका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल(अब्देल अलीले ओमिक्रोन भेरियन्टको कोरोना भेटिएको बताए ।
उनले उत्तर अफ्रिकी देशबाट फर्किएका एक साउदी नागरिकमा उक्त प्रकारको संक्रमण भएको बताएका हुन् । संक्रमितलाई हाल आइशोलेसनमा राखिएको उनको भनाइ थियो ।
त्यस्तै ती व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई समेत आइशोलेसनमा राखिएको उनले बताएका छन् । त्यस्तैगरी युएईमा पनि नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ती संक्रमित पनि अफ्रिकी मुलुकबाट आएको बताइएको छ । उनलाई पनि आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर आइशोलेसनमा राखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।