Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संविधान र जनताको परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालकोट पुर्‍याइयोः प्रचण्ड

संविधान र जनताको परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालकोट पुर्‍याइयोः प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • १३:४०:५७ बजे
  • 856
    SHARES
  • संविधान र जनताको परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालकोट पुर्‍याइयोः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताएका छन् ।

    images

    पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौँ जनता सडकमा ओर्लिएको बताए ।

    गत सालको प्रतिगमनविरोधी आन्दोलनमा लाखौँ जनता परिचालित गर्‍यौँ र त्यो प्रतिगमनलाई असफल बनायौँ’, उनले भने, ‘जनताको साथ लिएर संविधान र जनताको परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो ।’

    जस्तोसुकै मुल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रचण्डको प्रतिबद्धता छ ।

    समानुपातिक समावेशीलाई आफूहरूले व्यवहारमा लागु गरिसकेको भन्दै उनले आफूहरुकै कारण स्थानीय तहमा सबैको प्रतिनिधित्व भएको दाबी गरे ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology