Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सर्वोच्च अदालत: प्रधानन्यायाधीश हुँदा पनि विवाद, नहुँदा पनि विवाद

सर्वोच्च अदालत: प्रधानन्यायाधीश हुँदा पनि विवाद, नहुँदा पनि विवाद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • १४:०५:३६ बजे
  • 775
    SHARES
  • सर्वोच्च अदालत: प्रधानन्यायाधीश हुँदा पनि विवाद, नहुँदा पनि विवाद

    न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ ।

    images

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्चमा भएसम्म आन्दोलन गर्ने बताइरहेको नेपाल बार एसोसिएसन बिहीबारबाट सर्वोच्च अदालतमा न्यायिक नेतृत्व (कायममुकायम प्रधानन्यायाधीश) नतोकिएको भन्दै बहस पैरवी नगर्ने निर्णयमा पुगेको हो ।

    बार र न्यायाधीशहरूको आन्दोलनका कारण प्रधानन्यायाधीश जबरा गोला प्रणालीबाट मुद्दा हेर्न राजी भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरू बुधबारबाट काममा फर्किएका थिए । तर, नेपाल बारले कोरोना लागेर उपचार गराइरहेका प्रधानन्यायाधीश जबराले कायममुकायम नतोकेको भन्दै असन्तुष्टि जनायो ।

    बारको असन्तुष्टिकै कारण बिहीबार साढे १२ (यो समाचार तयार पार्दा) सम्म गोलाप्रथाद्वारा इजलास गठन हुनसकेको छैन । इजलास गठन हुन नसकेपछि सर्वोच्च अदालतका न्यायाधीशहरूले नेपाल बार र सर्वोच्च अदालत बारका अध्यक्षलाई बोलाएर छलफल गर्‍यो । छलफलमा कोरोनाका कारण बिरामी परेका प्रधानन्यायाधीश जबराले कायममुकायम जिम्मेवारी नतोकेको भन्दै जिम्मेवारी नतोकेसम्म बहसमा नजाने निष्कर्ष सुनाएर बाहिरिएका छन् ।

    मंगलबार जबराले अस्पतालबाटै पेसी तोकेका थिए भने बुधबारबाट गोला प्रणालीबाट पेसी तोकिएको थियो । बारले कायममुकायम नदिएर जबराले न्यायालयलाई नेतृत्वविहीन पार्न खोजेको भन्दै बहस नगर्ने अडान लिएको छ । तर, सर्वोच्च अदालत प्रशासन भने कोरोना भए १४ दिनसम्म कार्यालय जान नपर्ने र सो अवधि स्वतः बिदामा गठना हुने भन्दै जबरा बिदामा बसेको नभई कोरोनाकालको उपचार सुविधामा रहेको बताएको छ ।

    सर्वोच्च अदालतका एक रजिस्ट्रारका अनुसार यसअघि पनि सर्वोच्चका न्यायाधीशहरूलाई कोरोना संक्रमण हुँदा स्वतः उपचार सुविधा दिइएको र सो अवधि बिदामा गणना नभएको बताउँछ ।

    यहीअनुसार राणा पनि उपचार सुविधामा रहेकाले उनी बिदामा बसेको भन्न नमिल्ने सर्वोच्च प्रशासनको दाबी छ । प्रधानन्यायाधीशको अनुपस्थितिमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भएर काम गर्ने संवैधानिक व्यवस्था छ ।

    संविधानको धारा १२९ को उपधारा ६ मा यस्तो व्यवस्था भए पनि नेपाल बारले जबराले कायममुकायम नतोकेको भन्दै आपत्ति जनाएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य जबरा बिरामी बिदामा रहेकाले कायममुकायम दिनुपर्नेमा त्यसो नगरेर न्यायालय नेतृत्वविहीन बनाइएकोमा आफूहरूको आपत्ति रहेको बताउँछन् ।

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology