Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जनताको पार्टी माओवादी नै रहेछ भन्ने पुष्टि हुँदैछ : प्रचण्ड

जनताको पार्टी माओवादी नै रहेछ भन्ने पुष्टि हुँदैछ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • १६:४९:१४ बजे
  • 973
    SHARES
  • जनताको पार्टी माओवादी नै रहेछ भन्ने पुष्टि हुँदैछ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीका सदस्य संख्या ८ लाख नाघेको बताएका छन् ।

    images

    बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    “माओवादीका सदस्य संख्या ८ लाख पुगे, अब १० लाख पुग्दैछन्,” प्रचण्डले भने,“जनताका छोराछोरीको पार्टी माओवादी नै रहेछ भन्ने पुष्टि हुँदै छ ।”

    उनले जनयुद्ध छाडेपछिको केही समय माओवादी बिग्रिएको पनि बताए । कार्यकर्ताभन्दा नेताहरु बिग्रिएका कारण जनताको साथ छुटेको बताउँदै उनले अब माओवादी जनताको पहिलो पार्टी हुने बताए ।

    उनले जनयुद्ध छाडेपछिको केही समय माओवादी बिग्रिएको पनि बताए। कार्यकर्ताभन्दा नेताहरु बिग्रिएका कारण जनताको साथ छुटेको बताउँदै उनले अब माओवादी जनताको पहिलो पार्टी हुने पनि बताए।

    माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन् ।

    माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले सवै जनताको समान अधिकारका लागि आफुले दुई पटक संविधान संशोधन प्रस्ताव अघि बढाएपनि एमालेको केपी ओली गुटका कारण सफल हुन नसकेको आरोप लगाएका हुन् ।

    उनले अहिले पनि एमालेको केपी गुट मधेश, महिला, जनजाती लगायत मुलुकको परिवर्तनको बिरोधी भएको टिप्पणी गरे । प्रचण्डले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापीत गर्नका लागि माओवादीलाई बलियो बनाउनुको बिकल्प नरहेको पनि बताए ।

    यसअघि पनि आफुहरुले प्रतिगमनलाई असफ बनाएको र परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पुराएको भन्दै प्रचण्डले जस्तोसुकै मूल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology