भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जनामा संक्रमण देखिएको छ ।
कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले बताए ।
६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
‘हालसम्म देशमा यो भेरियन्टबाट दुई जना संक्रमित भएको पुष्टि भएको छ’, अग्रवालले भनेका छन्, दुवै संक्रमित कर्नाटकका हुन् ।’ ओमिक्रोन भेरियन्ट भारतसँगै २६ मुलुकमा फैलिएको छ ।