Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा आमसभा नगर्ने, उद्घाटन र बन्दसत्र प्रज्ञा भवनमा हुने,सदस्यता संख्या ८ लाख पुग्ने दाबी

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा आमसभा नगर्ने, उद्घाटन र बन्दसत्र प्रज्ञा भवनमा हुने,सदस्यता संख्या ८ लाख पुग्ने दाबी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • २०:१९:५२ बजे
  • 547
    SHARES
  • माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा आमसभा नगर्ने, उद्घाटन र बन्दसत्र प्रज्ञा भवनमा हुने,सदस्यता संख्या ८ लाख पुग्ने दाबी

    नेकपा माओवादी केन्द्रले वडा सम्मेलन सानदार रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

    images

    बिहिबार पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले वडा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको हो ।

    बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका तर्फबाट र प्रदेश इन्चार्जहरुले प्रदेशका तर्फबाट रिपोर्टिङ गरेका थिए । केही पालिकामा सम्मेलन स्थगित भएकामा त्यो पनि एक दुई दिनभित्रमै सम्पन्न हुने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    बैठकपछि सन्चारकर्मीलाई जानकारी दिँदै महराले पार्टी सदस्यता संख्या ७ लाख ६ हजार ५ सय पुगेको बताए । कतिपय सदस्यको इन्ट्री हुन बाँकी रहेकाले सदस्यता संख्या ८ लाख पुग्ने महाराले दाबी गरे ।

    यस्तै पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौको प्रज्ञा भवनमा तोकिएकै मितिमा गर्ने निर्णय गरेको महाराले बताए । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ ।

    यस्तै सबै प्रदेशको सम्मेलन एकैदिन गर्ने निर्णय पनि गरेको छ । मंसिर २५ गते हुने सम्मेलनको अध्यक्ष प्रचण्डले भर्चुअल मार्फत उद्घाटन गर्ने कार्यक्रम तय गरिएको जनाएको छ ।

    यस्तै आजको स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने गरी सकिएको उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology