Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जिन्दगीमा मान्छौं भने हार,ठान्यौ भने जीत

जिन्दगीमा मान्छौं भने हार,ठान्यौ भने जीत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७७ सोमवार • १४:२५:०७ बजे
  • 2.4K
    SHARES
  • जिन्दगीमा मान्छौं भने हार,ठान्यौ भने जीत
    "जिन्दगी भनेको आफैले कोरेर बनाउने 
    तस्बिर जस्तै हो मिहेनत गरे बन्दछ चित्र
    अल्छी गरे बन्दछ बिचित्र ।

    जीत र हार आ- आफ्नो
    सोचमा निर्भर गर्दछ
    मान्छौं भने हार हुँन्छ
    र ठान्यौ भने जीत बन्दछ ।
    मानिसको मेहनत त्यो चाबी हो 
    जसले तक्दीरको ढोका खोल्दछ ।
    मानिस नै यस्तो प्राणी हो बिना 
    मेहनत भाग्यलाई लाई दोष लगाउँछ
    कुनै पनि चुनौती या खत्रा ठूलो हुदैन , 
    हामी भित्र रहेको डरले 
    त्यसलाई ठूलो बनाउछ। 

    समस्या यो होइन कि मानिसहरु
    तिम्रो बारेमा के सोच्दछन् 
    समस्या यो हो कि तिमी आफ्नो 
    बारेमा के सोच्दछौ ।

    (दुनियाँको डरले होइन रोकेको छ तिमलाई 
    उड्न बाट तिमी कैद छौं 
    तिम्रो आफ्नै नजरको पिजडाले )

    "यदी तिमी अरूकाे सफलताको मूल्यांकन गर्न चाहन्छौँ भने
    त्यो मानिस कतिपटक लडेर त्यहाँसम्म पुगेको छ
    त्यसको मूल्यांकन गर ।
    यदी तिमी आफ्नो भाग्यलाई दोष लगाउँछौ भने
    भाग्य बनाउन कति मेहनत गरेका छौं त्यसको मूल्यांकन गर ।

    तिमी मेहनत त गर भाग्य तिम्रो आफै बन्नेछ 
    जो चीज पाउनका लागि तड्पिएका छौं
    "तिम्रो अगाडि आफै आउनेछ ।

    सुख बोटमा फल्दैन कर्म गर्नुपर्छ । 
    खुसी कसैले दिदैन सन्तोष मान्नु पर्छ 
    साथ कसैले दिदैन मन बुझाउनुपर्छ ।

    " हर दिनको सुरुवात
    एउटा नयाँ जोश र जाँगरको
    साथ सुरु गर्नुहोस
    आफ्नो लक्ष्य प्राप्तिको लागि
    सकारात्मक सोच राख्नुहोस् ।

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology