Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तीव्र तयारीमा

माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तीव्र तयारीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • ०८:३९:५१ बजे
  • 823
    SHARES
  • माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तीव्र तयारीमा

    नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ। पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनमा एक हजार ८ सयको हाराहारीमा प्रतिनिधि सहभागी गराउने तयारी भएको स्रोतले बतायो।

    images

    ‘पदेन प्रतिनिधि धेरै हुने भएकाले सबैलाई समेटेर १ हजार ८ सयजति प्रतिनिधि सहभागी गराउने तयारी हो’,स्रोतले भन्यो। राष्ट्रिय सम्मेलनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल राजनीतिक दस्तावेज लेखनमा जुटिसकेका छन्।

    ‘अहिले मानिसहरूसँग भेटघाट निकै कम छ। उहाँ राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनमा लागिसक्नुभएको छ’, दाहालनिकट एक नेताले भने।

    कुनै बेला चार हजार केन्द्रीय सदस्य बनाएर आलोचना खेपेको माओवादी केन्द्रले यसपटक भने चुस्त दुरुस्त संगठन बनाउन जोड दिँदै मंसिर ४ गते वडा र मंसिर ११ गते गाउँपालिकाको सम्मेलन गरेको छ। मंसिर १८ गते जिल्ला र २५ गतेभित्र प्रदेश सम्मेलन गरिसक्ने तालिका छ।

    ‘केन्द्रले पठाएको कार्यतालिकाअनुसार अहिले देशभर पार्टी संगठनको काम भइरहेको छ,’स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘अब माओवादी केन्द्र वैचारिक तथा राजनीतिक रूपले स्पष्ट भएर अघि बढ्नेछ।’ उनका अनुसार पार्टीमा पहिलाको भन्दा आकर्षण बढेको छ।

    ‘अहिलेको अवस्थामा पार्टीप्रतिको आकर्षण बढेको छ त्यही भएकाले पार्टी नेता र कार्यकर्ता उत्साहित छन्’, गजुरेलले भने। माओवादी केन्द्रले गएको साउनमा विधान संशोधन गरेर पार्टीका विभिन्न तह र तप्कामा निर्वाचनको व्यवस्था गरेको छ।

    ‘साउनमा पास गरिएको विधानअनुसार नै सबै कमिटी निर्माण हुनेछन्,’ गजुरेलले भने ।

    यो खबर नागरिक दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology