Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा

सचिवालय बैठकमा बामदेवको आपत्ति, मागे ओली र प्रचण्डको राजीनामा

सचिवालय बैठकमा बामदेवको आपत्ति, मागे ओली र प्रचण्डको राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७७ सोमवार • १६:०७:०२ बजे
  • 2.4K
    SHARES
  • सचिवालय बैठकमा बामदेवको आपत्ति, मागे ओली र प्रचण्डको राजीनामा
     नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकमा उपाध्यक्ष बामदेव गौतमले कार्यदल गठनप्रति आपत्ति जनाएका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले कार्यदल गठनमा आपत्ति जनाएका हुन् ।

    एक सचिवालय सदस्यका अनुसार उपाध्यक्ष गौतमले कार्यदल बनाएकोमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजीनामासमेत मागे । उनले बैठकमा भने, 'के आधारमा कार्यदल बनाइयो ? अध्यक्षद्वय असफल भएको हो भने राजीनामा दिनुपर्छ । सचिवालयका अन्य सदस्य पनि असफल भएका हुन् ? हामीले नसके अन्य सदस्यलाई जिम्मेवारी दिनुपर्छ । हामीले किन सकेनौँ । यो कार्यदल बनाएकोमा मेरो आपत्ति छ ।'

    उपाध्यक्ष गौतमले अध्यक्षद्वयले असीमित अधिकार प्रयोग गरेको पनि आरोप लगाए । उनले भने, 'हामी आफैले गर्न सक्ने काम किन गर्न सकेनौँ । विधि र प्रक्रिया अनुसार छलफल गरेर मात्र बनाउनु पर्थ्यो । असीमित अधिकार कस्ले दियो ? अब कार्यदलमा भएका साथीहरुलाई पनि सचिवालयमा ल्याउनु पर्यो । हामी भन्दा पनि ती साथीहरु माथि भए ।'

    अर्का सचिवालय सदस्यले उपाध्यक्ष गौतमले आफ्नो एजेण्डा भएकाले कार्यदल पनि आफ्नै नेतृत्वमा हुनु पर्थ्यो भनेर टिप्पणी गरेको जानकारी दिए । विधि र प्रक्रियाको कुरा गरे पनि गौतमले आफू कार्यदलको संयोजक बन्न नपाएकोमा असन्तुष्टि स्वरुप बैठकमा सबैजना असफल भएको टिप्पणी गरेका ती नेताको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology