Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जर्मनीले खोप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन

जर्मनीले खोप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • १०:३३:५० बजे
  • 991
    SHARES
  • जर्मनीले खोप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन

    एजेन्सी । जर्मनीले खोप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउनको घोषणा गरेको छ । साथै, खोप नलगाएका व्यक्तिलाई अनिवार्य खोप लगाउन पनि आह्वान गरेको छ ।

    images

    नयाँ नियमअनुसार खोप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावस्यकीय सेवामा प्रतिबन्ध लगाइएको छ । कोभिडबाट हालै निको भएका व्यक्तिहरुलाई भने तत्कालका लागि यो प्रतिबन्ध लागू नहुने भएको छ । त्यस्तै, संसदबाट कानुन बनाएर नै खोपलाई अनिवार्य बनाइने भएको छ ।

    सरकारको यो घोषाणासँगै खोप नलगाएका व्यक्तिले अर्को घरमा गएर दुई जनालाई मात्र भेट्न पाउनेछन् । बढी कोभिड संक्रमित भएका स्थानका बार तथा नाइट क्लब बन्द रहनेछन् ।

    त्यस्तै, फुटबल खेल हेर्ने दर्शकको संख्या सीमित गरिने छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोप फेरि कोभिडको नयाँ केन्द्रविन्दु बन्न थालेको छ ।

    युरोपका अधिकांश देशहरुले नयाँ भेरियन्ट रोक्न विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् । ‘हामीलाई थाहा छ की अवस्था निकै गम्भीर छ । कोभिड नियन्त्रणका लागि सरकारले चालेका कदम पालना गर्न सर्वसाधारणलाई आह्वान गर्छु’ जर्मन चान्सलर एंगिला मर्केलले भनिन् ।

    जर्मनमा कोभिडको चौथो लहर आउने अनुमान गरिएको छ । ‘जर्मनीलाई कोभिडको चौथो लहरबाट जोगाउन बेलैमा सावधानी अप्नाउनुपर्छ,’ उनले भनिन् ।

    सरकारले आगामी फेब्रुवरीदेखि देशव्यापी अनिवार्य खोप अभियान सञ्चालन गर्ने भएको छ । अन्तिम पटक खोप लगाएको नौ महिनापछि खोप लगाएका व्यक्तिको पहिचान हराउने भएकोले उनीहरुलाई बुस्टर डोज आवश्यक भएको चान्सलर मर्केलले बताइन् ।

    युरोपेली मुलुक अस्ट्रियमा पनि जनबरीदेखि खोप अनिवार्य गरिएको छ । त्यस्तै ग्रीसमा पनि ६० वर्षमाथिका सबैलाइ बुस्टर डोज अनिवार्य गरिएको सिएनएनले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology