Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधिले प्रवेश शुल्क २ हजार तिर्नुपर्ने

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधिले प्रवेश शुल्क २ हजार तिर्नुपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • १५:४०:३० बजे
  • 823
    SHARES
  • माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधिले प्रवेश शुल्क २ हजार तिर्नुपर्ने

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।

    images

    शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकले विधान परिमार्जनका लागि पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

    उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेका छन् । उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

    प्रवक्ता महराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुकाे प्रवेश शुल्क २ हजार रुपैयाँ तोकेको पनि उनले जानकारी दिए ।

    यस्तै, राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमिति बनाइएको पनि बताए । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र महाराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ ।

    त्यस्तै, बैठकले राष्ट्रिय सम्मेलनका लागि सयमंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताए ।

    राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपांगता भएकाहरुको हकहित सुरक्षित गर्ने निर्णय पनि गरिएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology