Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा सचिवालय बैठक

सचिवालय बैठक कार्यकारी अध्यक्ष प्रचण्डले मात्रै सञ्चालन,ओली मौन

सचिवालय बैठक कार्यकारी अध्यक्ष प्रचण्डले मात्रै सञ्चालन,ओली मौन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७७ सोमवार • १६:१०:१७ बजे
  • 2.3K
    SHARES
  • सचिवालय बैठक कार्यकारी अध्यक्ष प्रचण्डले मात्रै सञ्चालन,ओली मौन
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि धारणा राखेका छैनन् । उनले बैठकमा उठेका प्रश्नको जवाफ पनि दिएनन् ।
     
    सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले बैठकमा सुरुमा नमस्कार गर्दै भित्र प्रवेश गरेका थिए । त्यस लगत्तै बैठकमा उनले सुरुवातमै आजको बैठक अध्यक्ष कमरेड प्रचण्डले चलाउनु हुन्छ मात्र भने । अन्तिममा सबैलाई धन्यवाद दिए ।
    एक सचिवालय सदस्य भन्छन्, 'प्रधानमन्त्रीजी आजको बैठकमा बोल्नु भएन ।

    उहाँले बैठकको सुरुवातमा आजको बैठक अध्यक्ष कमरेड प्रचण्डले सुरु गर्नुहुन्छ भन्नुभयो । त्योबीचमा केही पनि बोल्नु भएन । अन्तिममा सबैलाई उहाँले धन्यवाद दिनुभयो ।'

     
    प्रधानमन्त्री ओलीले आजको बैठकमा सबैले बोलेको कुरा डायरीमा टिपेका थिए । उपाध्यक्ष गौतमसहितका नेताले आफूसँग सम्बन्धित उठाएका विभिन्न प्रश्नको पनि ओलीले उत्तर दिएनन् । आजको बैठकमा ओली मौन बसे । आजको बैठक पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले मात्रै सञ्चालन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology