Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

३० देशमा फैलियो कोरोना भाइरस ‘ओमिक्रोन भेरियन्ट’

३० देशमा फैलियो कोरोना भाइरस ‘ओमिक्रोन भेरियन्ट’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • १८:०७:१४ बजे
  • 862
    SHARES
  • ३० देशमा फैलियो कोरोना भाइरस ‘ओमिक्रोन भेरियन्ट’

    एजेन्सी/कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ९ दिनमा नै ३० देशमा फैलिइसकेको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको ‘ओमिक्रोन’ अमेरिका हुँदै छिमेकी राष्ट्र भारतमा समेत फैलिइसकेको छ ।

    images

    विहीबार (हिजो) मात्रै भारतको कर्नाटकमा कोरोनाको ‘ओमिक्रोन’ संक्रमितहरुफेला परेका थिए । अनुसन्धानकर्ताहरुका अनुसार ओमिक्रोनको फैलावट डेल्टा भेरियन्ट भन्दा कयौं गुणा बढी रहेको छ ।

    डेल्टा भेरियन्टकै कारण भारत र नेपाललगायतका देशहरुमा कोरोनाको दोस्रो लहर आएको थियो । सबै भन्दा पहिलो दक्षिण अफ्रिका र बोत्सवानामा ‘ओमिक्रोन’को पहिलो केस भेटिएको थियो ।

    यस भाइरसको कुल ५३ म्युटेशन भइसकेको र उसको स्पाइक प्रोटिनमै ३२ म्युटेशन हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

    यसका साथै ओमिक्रोनको रिसेप्टर बाइन्डिङ डोमेनमा पनि १० म्युटेशन भइसकेको छ । त्यसोत, डेल्टा भेरियन्टको स्पाइक प्रोटिनमा १८ म्युटेशन हुने गथ्र्यो ।

    स्पाइक प्रोटिनमार्फत् मानव शरीरमा भाइरस प्रवेश गर्ने गर्छ । ग्रिसमा कोरोनाविरुद्धको खोप लगाउन इन्कार गरिरहेका ६० वर्ष भन्दा बढी उमेरकालाई मासिक जरिवाना लाग्नसक्ने बताइएको छ ।

    त्यहाँका नेताहरुले यस कठोर नीतिले आफ्नो भोट घट्नसक्ने भएतापनि जनताको ज्यान बच्ने बताएका छन् । ग्रिसमा ६० वर्ष भन्दा बढी उमेरका करिब १७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छैनन् ।

  • सम्बन्धित विषय:

  • # ३० देशमा फैलियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology